Sunday, 11 September 2016

आलु खेती प्रबिधी र रोग किरा ब्यबस्थापन


परिचय:

धान, गहु अनी मकै पछीको प्रमुख बालिमा पर्दछ आलु।आलु उत्पादकत्वमा पहिलो स्थानमा र छेत्रफलको आधारमा चौथौ स्थानमा पर्दछ।
यसले १९७२३४ हेक्टर छेत्रफल ओगटेको छ अनी कुल उत्पादन चाँही २६९०४२१ मेट्रिक टन रहेको छ काभ्रे, बारा, झापा, सोलुखुम्बु, इलाम, खोटाङ, कैलाली, बर्दिया, भोजपुर, मकवानपुर, नुवाकोट, रुपन्देही, नवलपरासी आदी जिल्लामा बिशेष गरी आलु खेती गरिएको पाईन्छ।
आलुको प्रयोगले रक्तचाप,रक्तअल्पता,ग्यास्ट्रिकमा फाईदा पुर्याउदछ। यसमा स्टार्च, प्रोटिन,फ्याट,खनिज र कार्बोहाइड्रेट पाईन्छ। 

उत्पत्ती:

आलु दक्षिण अमेरिकाको रैथाने हो र यो पहिले देखिनै इन्कासमा खेती गरिन्थ्यो। पछी १६औ सताब्दिमा स्पेनिश खोजकर्ताले यूरोपसम्म पुर्याएका थिए। (थोम्प्सन र केल्ली १९५७ )


नेपालमा प्रचलित केही जात:     


1) कुफ्री ज्योति: 

यो जातको आलु मध्यम वर्गिय जात (११०-१२० दिन) अन्तर्गत पर्दछ। यो जातको आलु डडुवा प्रतिरोधी हुन्छ। यसको फल ठुलो, हल्का गोलाकार अनी फलको बोक्रा  सेतो रङको हुन्छ। यसको कुल उत्पादन २०-२५ टन प्रती हेक्टर रहेको छ। 

2) कुफ्री सिन्धुरी: 

यो पछौटे जात (११०-१३० दिन)अन्तर्गत पर्दछ। यसको फल मध्यम खालको अनी गोलाकार हुनुको साथै बोक्रा  रातो रङको हुन्छ। यसको कुल उत्पादन २५-३० टनप्रती हेक्टर रहेको छ।

3) डेजिरे:

यो अगौटे जात(७०-९० दिन ) अन्तर्गत पर्दछ। यो जात डडुवा रोगको बढी प्रकोपमा पर्दछ। यसको पनि मध्यम खालको गोलाकार फल हुनुको साथै बोक्रा रातो हुन्छ। 

4) जनकदेव:  

यो तराइ, पहाड र हिमालमा  खेती गरिने मध्यम वर्गिय (१००-१२० दिन ) जात हो। यसको फल ठुलो सानो दुबै हुने र बोक्रा रातो हुने गर्दछ। २३ टनप्रती हेक्टर यसको उत्पादन रहेको छ। 

5) खुमल सेतो १:

यो मध्यम वर्गिय जात (१००-१२० दिन) अन्तर्गत पर्दछ। यसको फल गोलो, ठुलो, सानो अनी बोक्रा सेतो हुन्छ। कुल उत्पादन २५ टन प्रती हेक्टर रहेको छ। 

6) खुमल रातो २ :

यो  मध्यम वर्गिय(१००-१२० दिने) जात हो। यसको फल मध्यम खालको हुन्छ जसमा हल्का रातो बोक्रा हुन्छ। यो जातले २०-२५ टन प्रती हेक्टर उत्पादन दिन्छ। 

7) कुफ्री बाहार:

यो मध्यम वर्गिय, ठुलो खालको गोलो अनी हल्का सेतो बोक्रा भएको  फल हुने जात हो जुन प्राय: रोगहरुबाट सजिलै ग्रसित हुन्छ।
यो तराइ, पहाड र हिमालमा  खेती गरिने मध्यम वर्गिय (१००-१२० दिन ) जात हो। यसको फल ठुलो सानो दुबै हुने र बोक्रा रातो हुने गर्दछ। २३ टनप्रती हेक्टर यसको उत्पादन रहेको छ। 


बातावरण:

आलु जाडो मौसममा लगाइने खेती हो जसले  हल्का कुहिरो सहन सक्छ। आलुलाई उम्रनको लागि ८ डिग्री तापमान उपयुक्त मानिछ। अती काम तापक्रमले यस्को बढ्ने क्षेमतामा रास ल्याउदछ। दिनमा ३०-३५ डिग्री अनी रातमा २०-२५ डिग्री आलुको लागि राम्रो मानिन्छ। २९ डिग्री भन्दा बढी रातको तापमनमा आलुको फल लाग्दैन। 

माटो र खेतको तयारी :

पानी नजम्ने, हल्का बालौटे चिम्टाइलो अनी जैविक मात्रा प्रशस्त भएको माटो आलुको लागि उपयुक्त हुन्छ। ५-७ पि यच हुनु पर्दछ। माटोको जोताई अनी तयारी मौसम, माटोको किसिम, बातावरण , बाझो र खेती लगाइएको जग्गामा भर पर्दछ। माटोलाई २०-२५ से।मी गहिरो गरी जोत्नु पर्दछ। 

मलखाद ब्यवस्थापन:

कम्पोस्ट मल: २०-३० टन प्रती हेक्टर 
नाइट्रोजन:फस्फोरस: पोटसियम = २२०:१४०:१४० केजी प्रती हेक्टर 
क्याल्सियम अक्साइड: म्याग्नेसियम अक्साइड= ९०:३० केजी प्रती हेक्टर 
खेतको तयारी गर्ने बेलामा  सम्पूर्ण कम्पोस्ट मल,फस्फोरस र पोटासियम अनी नैइट्रोजनको आधा मात्रा  माटोमा मिलाउनु पर्दछ। बचेँको आधा नाईट्रोजन पछी ड्याङ पार्ने बेलामा हाल्नु पर्दछ। 

लगाउने समय


 भौगोलिक क्षेत्र
 लगाउने समय
 स्याहार्ने समय   
 तराई
 भाद्र-असौज
 फाल्गुन 
 तल्लो पहाड
 कार्तिक
 चैत्र 
 मध्य पहाड
 साउन-असौज
 कार्तिक-फाल्गुन 
 उच्च पहाड
 मङ्सिर्-फाल्गुन
बैशाख-जेठ



बिउ दर र लगाउने दुरी:


लाइनदेखी लाइनसम्मको दुरी: ६०-७० से मि 
बोटदेखी बोटसम्मको दुरी: २५-३० से मि 
एक हेक्टरको लागि चाहिने बिउ दर: २.५ टन    


सिन्चाई:

धेरै गहिराईमा गएर नफल्ने हुँदा यसलाई हल्का सिन्चाई दिनु पर्दछ। पहिलो पटक, आलु लगाउनुभन्दा पहिले वा आलु टुसाउनुभन्दा अगावै दिनुपर्दछ। दोस्रो पटक भने आलु लगाएको ३० दिन पछी दिनुपर्दछ। चिस्यान कम भयो भने आलुको फलमा खराबी आउँदछ र आलु पनि पातलो गरी उम्रन्छ। 


झारको ब्यवस्थापन:

झारले आलुसँग सिधै पोशक तत्व,चिस्यान, प्रकाश  र ठाउकोलागी   प्रतिस्पर्धा गर्ने हुनाले झारको गोडमेल गर्नु अतिआवश्यक छ। पहिलो हाते गोढाई आलुको बोट सानो हुँदै गरिन्छ। दोस्रो गोढाई माटो चाढाउने बेला जब आलु १५-२० से मि को हुन्छ तब गरिन्छ। यती गरिसकेपछी आलुले आँफै झारलाई नियन्त्रण गर्छ। 

झार ब्यवस्थापन गर्ने रासायनिक बिसादी    

१) पेन्डिमिथालिन (०.५केजी प्रती  हेक्टर), यसको प्रयोग आलु लगाउनु पुर्व गर्नु पर्दछ।
२) एलाक्लोर(१-१.५ केजी प्रती हेक्टर), यसको प्रयोग आलु उम्रनुपुर्व गर्नुपर्दछ। 


माटो चढाउने/उकेरा लगाउने 
यदी आलुको फल घामको किरणमा  पर्‍यो भने त्यसले अन्थोसाइनिन र क्लोरोफिल बनाउदछ। क्लोरोफिलले आलुमा स्टार्चको मात्रा घटाई आलुनै सानो आकारको हुन पुग्दछ। त्यसकारण आलुलाई ताप, किरा, डडुवा रोगबाट बचाउनकोलागी माटो चढाउन पर्दछ। यदी गहिरो गरी लगाइेको भए सानो ड्याङ काफी हुन्छ। सामान्यतय: जब आलु १५-२० से मि हुन्छ तब चिस्यान हेरी माटो चाढाइन्छ। 

स्याहार्ने: 
बोट पहेलिदै र सुक्दै गएपछी आलु स्याहार्ने गरिन्छ। स्याहार्नुभन्दा ७-१० दिन अगाडि आलुको बोटलाई काटिन्छ जसले गर्दा आलुको फल भाईरस अनी किराकिरी बाट जोगिन्छ। स्याहार्नुभन्दा १०-१५ दिन अगाडिनै सिन्चाई बन्द गर्नु पर्दछ जसले गर्दा आलु राम्रो सँग पाक्न पाउछ। आलुलाई खुर्पी वा कोदालिले पालैपालो ड्याङ भात्काई निकालिन्छ। 

उत्पादन: 

वैज्ञानीक सुधारिएको खेती प्रबिधिले २०-३५ टन प्रती हेक्टर आलु उत्पादन गर्न सकिन्छ। 

स्याहारपछिको ब्यवस्थापन:
आलु स्याहारेपछी आलुको सतह सुकाइन्छ जसको लागि आलुलाई थुप्रो बनाएर १०-१५ दिनसम्म १५-२० डिग्रीमा राखिन्छ। आलुलाई उपयुक्त अवस्थामा स्याहार्नु पर्दछ कारण अबिकसित आलुको कुहिने प्रक्रिती हुन्छ। 


आलुमा लाग्ने  मुख्य किरा र तिनको ब्यवस्थापन: 
१) रातो कमिला
आलुमा माटो  सहितका मसिना वा ठुला छिद्रहरु देखिन्छन। 

रोकथाम:
-गहुत, असुरो, खिर्रो वा चिउरिको प्रयोग गर्ने।  ,      
 -क्लोरिपाइरिफस (०.००४५%) @ १०० मिली लिटर प्रती बोट प्रयोग गर्ने। 

२) लाही  
लाही  किराको वयस्क अनी लार्भा दुवैले आलुको बोटबाट रस चुस्ने गर्दछन। यिनिहरुले आक्रमण गरेको बोट सानो कदको हुन्छ, पातहरु बेरिएको हुन्छ। यिनिहरुले महजस्तो तरल पदार्थ निस्कासन गर्दछन जुन पछी हामीले देख्ने कालो पदार्थमा पारीणत हुन्छ। 

रोकथाम:
-फोरेट १० ग्राम @ १५केजी प्रती हेक्टर आलु लगाउनुभन्दा पहिलेनै माटोमा प्रयोग गर्ने। 
-आलुको बोटमा डाइमेथोएट(०।०३%)छर्ने। 

३) खुम्रे किरा 
यसको प्रकोप  खासगरी पहाडी क्षेत्रमा बढी हुन्छ। खुम्रे आलुको जरा अनी बढ्दै गरेको फलमा भर पर्दछ र फलमा ठुलो छिद्र पार्दछ। यो किराको वयस्क आलुको पातमा भर पर्दछ। 

रोकथाम: 

-बालिचक्र अपनाउने। 
-फोरेट १० ग्राम @ १५केजी प्रती हेक्टर आलु लगाउनुभन्दा पहिलेनै माटोमा प्रयोग गर्ने। 

४) फेद कटुवा 
यस् किराले आक्रमण गरेको बोटको ढिलो बिकास भई सानो अनी कमजोर रहन्छन। पातहरु पहेलिन्छन, मुर्झाउछन अनी झर्छन। 

रोकथाम: 
-गर्मी याममा गहिरो गरी खेत जोत्ने। 
-बालिचक्र अपनाउने। 
-पासो बालिको रुपमा सयपत्रीलाई प्रयोग गर्ने। 

५) थोप्ले खपटे 
यस किराले गर्दा पातको हरियो भागहरु कोत्रेको र आखी परेका जस्तो देखिन्छन। 

रोकथाम: 
-इल्ट्रामेथ्रिन २८ ई सि १ मि ली प्रती लिटर पानीमा वा मालाथियन ५० ई सि १ मि लि प्रती लिटर पानीमा मिसाई छर्ने। 

6) कागे खपटे 
यो किरा बोटभरी बसी पातहरु खाएपछी बोट नासिन्छ। 

रोकथाम: 
-थोप्लेको जस्ताइ गर्ने। 

7) आलुको पुतली :
पातमा हरियो, सेतो धब्बा, खैरो-डढेको धब्बा, डाठ र आलुमा सुरुङहरु देखिने र आलुका आख्लाबाट खैरो पदार्थ निस्कन्छ। 

रोकथाम: 
-लक्षण देखिएको पात चुढेर नस्ट गर्ने। 
-बत्तिको पासो प्रयोग गर्ने। 
-गहिरोमा आलु रोप्ने र उकेरा राम्रोसँग दिने। 
-सिन्चाइको राम्रो ब्यवस्था गर्ने। 
-नयाँ आलुलाई पुरानो रोग लागेको आलुसँग नमिसाउने।     


केही प्रमुख आलुका रोग: 


१) डडुवा रोग 
पातको टुप्पो वा किनरमा सानो खैरो भिजेको जस्तो दाग देखापर्दछ। जुन चाडै बढ्छ र दाअगको पछाडि हेर्दा सेतो भुवा जस्तो ढुसी देखिन्छ। यो रोग डाठ र दानामा पनि लाग्दछ पछी पुरै बोट सुकेर डढेको जस्तो देखिन्छ। 

रोकथाम: 
-रोग देखिने बित्तै म्यान्कोजेब ७५% डब्लु पि को २।३ ग्राम प्रती लिटर पानीको दरले सात दिनको फरकमा ३ देखी ४ पटक छर्ने। 
-रोग कम लाग्ने वा रोग अवरोधक जातहरु लगाउने। 
-खेतबारी सरसफाई  गर्ने, नाभो हटाउने, स्वास्थ बिउ प्रयोग गरी आलु खेती गर्ने। 

२) एेजेरु 
आलुको दानाको आँखाहरुमा स साना सेता खटिराहरु जस्ता लक्षण देखिन्छन। जुन पक्ची बिस्तारइ बढेर काउली जस्तो फुक्क भई पुरा दानालाई नै घेरी आलुको आकार बिग्रिन्छ। त्यस्तो आलु पछी कालो हुँदै जान्छ र कुहिन्छ। 

रोकथाम: 
-रोग लागेको खेतबाट उत्पादित बिउ नरोप्ने। 
-रोग लागेको खेतमा आलु नरोप्ने। 

३) ओईलाउने वा खैरो पिप चक्के रोग 
बोट एक्कासी पानी नभएको जमिनमा उम्रे जस्तो ओईलाएर मर्छ। रोगी दाना काट्दा नशा वरीपरी खैरो चक्क हुने र पिप जस्तो निस्किन्छ। 

रोकथाम: 
-रोग ग्रस्त क्षेत्रमा अन्न बालिसँग घुम्ती बाली लगाउनु पर्दछ। 
-रोग लागेको बोट वा दाना जम्मा गरी जलाउनु पर्दछ। 

४) दादे रोग 
आलुको सतहमा केही उठेका अथवा खाडल परेका दादहरु देखा पर्दछन। 

रोकथाम: 
-रोग रहित स्वास्थ आलु रोप्ने। 
-रोग ग्रस्त क्षेत्रमा घुम्ती बाली लगाउने। 
-आलु बढ्ने बेलामा माटोमा चिस्यान कायम राख्ने। 
-रोगी आलु नस्ट गर्ने।    
  

  















  

नवलपरासी (ब.सु.प) मा कृषि गणनाका लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई तालिम दिन सुरु

  नवलपरासीमा सातौ राष्ट्रिय कृषि गणना २०७८ का लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई तालिम दिन सुरु गरिएको छ। परासी क्याम्पसमा २०७८ / १२ / २५...