Tuesday, 25 July 2017

नर्सरी स्थापना र ब्यवस्थापन

तरकारी नर्सरी भन्ने बित्तिकै हामीले कुनै ठाउँ वा स्थान जहाँ कलीला तरकारीका बिरुवालाई रोप्नका निम्ती  अर्को स्थायी ठाउँसम्म नलैजादा अन्त्यन्त स्याहार गरिने  स्थललाई बुझ्नुपर्दछ  सामान्यतय, तरकारी बाली बिउ वा आमा बोटबाट प्राप्त हुने भागबाट खेती गरिन्छ। सिधै बिउबाट लगाईने तरकारी बालिमा भिन्डी, केराउ, बकुल्ला, बोडी, मुला, सलगम, गाजर, फर्सी, साग, धनीया, मेथी, आदी छन भने आमा बोटको भागबाट लगाईने तरकारीमा पिडालु, अदुवा, बेसार, आलु, कुरिलो, पर्वल, कुद्रुम, आदी पर्दछन। तर त्यहा त्यस्ता तरकारीका जात पनि छन    जसको बिउ अतिनै सानो हुन्छ  पहिले बिउ छरेर नर्सरी राखिन्छ अनी उपयुक्त बेला आएपछी खेतमा लगाईन्छ। यसरी सारीने तरकारी बालिमा काउली, बन्दा, ब्रोकाउली, प्याज, गोलभेडा, भान्टा, खुर्सानी आदी पर्दछन।

 निम्न कारणका लागि तरकारी पहिले नर्सरिमा लगाइने गरिन्छ:- 

) नर्सरिमा बिउ उम्रन  सप्रन चाहिने  उपयुक्त अवस्थाको सिर्जना गर्न सकिन्छ।
) साना तथा कलीला बोटहरुमा लाग्ने किरा, झार अनी किटाणुको आक्रमणबाट बिरुवालाई बाचाउन  हेरबिचार गर्न सानो ठाउमा सहज हुन्छ।    
) आर्थिक दृष्टिकोणले हेर्ने हो भने नर्सरी बनाएर लगाईएको तरकारीले छिटो तथा मनग्य आम्दानी दिने गर्छ। 
) नर्सरी स्थापना कालसम्म अन्य खेत अरु प्रायोजनका लागि पनि प्रयोग गर्न सकिन्छ। 
) बाली चक्रको प्रयोग सहज हुन जान्छ। 
) नर्सरिमा उमारिएका बिरुवा बिशेषत: हाइब्रिड महङ्गओ मुल्यमा बिक्री पनि गर्न सकिन्छ।   

आखिर किन केही तरकारी बालीलाई सार्नुपर्ने जरुरी हुन्छ ?

) तरकारी बाली जस्तै गोलभेडा, भान्टा, खुर्सानी, काउली, बन्दा, आदी सारेपछी मात्र अत्यन्त राम्ररी हुर्कन सक्दछन। 
) यि  यस्ता अन्य तरकारीका बिरुवाले उखेलेर लगाउदा हुने चोटहरु सहजै बहन गर्न सक्दछन। 
) यिनिहरुसङ्ग प्राथमिक बाहेक माद्यमिक जराहरु बोट सारेपछी  छोटो समयमा बनाउन सक्दछन। 
) मुख्य खेत जहाँ तरकारी सारीन्छ त्यहा बाली लिने समयवधी घट्छ।   

नर्सरी स्थापनाका लागि क्षेत्र छनौट:
नर्सरिका लागि छानिएको जग्गा एकदमै  राम्रोसङ्ग पानी कट्ने हुनुपर्छ नकी पानी पटिरहने। त्यस क्षेत्रमा प्रयाप्त सुर्यको प्रकाश, तापक्रम अनी सापेक्षिक आद्रता हुनु जरुरी छ् कारण नर्सरी स्थापनाको सफलता यिनै कुरामा आधारित हुन्छ। नर्सरी पानीको स्रोतदेखी नजिक हुनुपर्छ किनकी यसओ भएमा सिन्चाई दिन  घरेलु तथा जङ्गली जनावरबाट जोगाउन सजिलो हुन्छ।

माटो  माटोको तयारी:
नर्सरिका बिरुवालाई प्रतिकुल अवस्थाले उम्रनका निम्ती निकै नै बाधा पुर्याउदछ्। चिम्ट्याइलो तथा बलौटे माटो जुन खुकुलो, फरर परेको, प्राङ्गारिक मलमा धनी हुन्छ अनी सजिलै पानी काट्न सकिने हुन्छ त्यस्तो माटो छनौट गर्नुपर्छ।   
माटोको तयारी गर्दा गहिरो गरी जोतेर, मल मिलाएर त्यहा भएका ढेल्ला, ढुङ्गा, अरु बोटका जरा अनी झार हटाउने  खेत सम्याउनु पर्दछ।
खेतको तयारी पुरा भएपछी अब नर्सरिको तयारी गर्नु पर्दछ। खेतका हरेक नर्सरिका लागि पानी काट्ने  पानी लगाउने कुलो बनाउन पर्दछ। अन्त्यमा खेतको तयारी गर्दा राम्ररी पाकेको मल १० केजी प्रती १० वर्ग मिटर प्रयोग गर्नु पर्छ।   ग्राम यूरिया,  ग्राम डि।ए।पी   ग्राम पोटास सुरुमै नर्सरिमा हाल्नु पर्दछ। बिउ उम्रिएको १०-१५ दिनपछी १० ग्राम युरिया एक लिटर पानीमा मिसाएर छर्कनाले बेर्नाको बिकासमा प्रोत्साहन गर्दछ।

माटोको उपचार:
) किटाणुबाट बचाउन माटोको उपचार:

) माटोको सोलराईजेसन 
जब सुर्यको प्रकाश तेज हुन्छ, मानौ ४५ डिग्री तब माटो भिजाउन पर्दछ  २०० गजको सेतो प्लास्टिकले - हप्तासम्म छोप्नु पर्छ  बाहिरबाट हावा छिर्न नसक्ने बिधी अपनाउनु पर्दछ। - हप्ता पछी त्यो प्लास्टिक हटाउनु पर्दछ  बिउ छर्नको लागि नर्सरी तयार गर्नु पर्दछ।

) फर्मालिनले उपचार
% फर्मालिन @ - लिटर प्रती वर्ग मिटर हुने गरी १०-१५ सेमीसम्म माटो भिजाउनु पर्छ  नर्सरिको क्षेत्रलाई २०० गजको पोलिथिनको छोप्ने  माटोलाई सोलराइज हुन दिने। १५ दिनपछी पोलिथिन हटाउने  नर्सरी तयार गर्न तर्फ लाग्नु पर्छ। 
यदी प्रयाप्त समय छैन भने १५:८५ को अनुपातमा फर्मालिनको धुलो  गोठे मलको मिस्रण बनाएर ४००-५०० ग्राम प्रती वर्ग मिटर हुने गरी  छर्नु पर्दछ।३) ढुशिनाशकको प्रयोग 
माटोमै हुने किटाणुलाई मार्नका निम्ती केही निस्चित ढुशीनासक जस्तै क्याप्टान, थिराम आदी प्रयोग गर्न सकिन्छ। - ग्राम प्रती वर्ग मिटरका दरले यि ढुशिनासकद्वारा बिउ छर्नु भन्दा अगावै नर्सरिको उपचार गर्नुपर्दछ।  

) किराको बिरुद्ध माटोको उपचार:

) किटनाशकको प्रयोग:
फुराडन, हेप्टाक्लोर, फोरेट १० जि आदी उपयुक्त किटनाशक हुन जसलाई  - ग्राम प्रती वर्ग मिटरका दरले सुख्खा माटोमा १५-२० सेमी हुनेगरी  मिसाउनु पर्दछ। 

 ) वाफले उपचार:
छोपिएको पोलिथिन भित्र  घण्टासम्म तातो वाफ छिराउने  केही दिनसम्म यो कार्य दोहोर्याउने गर्नुपर्छ  त्यसपछी मात्र बिउ छर्नु पर्दछ। 
) बिउको उपचार:
- ग्राम प्रती केजी क्याप्टान वा थिरामले बिउको गर्ने ताकी बिउ वाह्य शत्रु  माटोका हानिकारक जीवाणुबाट बच्न सकोस।

नर्सरी ब्याडको तयारी:
नर्सरिका लागि राखिने ब्याड मौसम अनुसार तयार गरिनु पर्दछ। सामान्यतय: नर्सरिका ब्याडहरु खासगरी मौसमिक  बेमौसमिक तरकारीका लागि बनाईने गरिन्छन।

) मौसमिक तरकारी उत्पादन गर्नका लागि नर्सरिको ब्याड:
मौसमिक तरकारीका लागि दुई प्रकारका ब्याड हुने गर्दछन। 

) उठेको नर्सरी ब्याड 
खासगरी यि खाले ब्याड बर्षा याममा बनाइन्छ। यसमा  मिटर चौडाई, १५-२० सेमी उचाई  आफुलाई चाहिने जती ब्याडको लम्बाई तय गरिन्छ। दुई ब्याडका बिचमा ३०-४० सेमीको खाली ठाउँ राखिन्छ। पानी सजिलै काट्न सकिने हेतुले ब्याडको बिच भाग केही उचो  समथल  बनाउनु पर्दछ। त्यसपछी ब्याडमा राम्रो दुरी राख्दै बिउ रोप्नु पर्दछ अनी गोठे मल  माटोले पुर्नुपर्दछ। पुरी सकेपछी ब्याडलाई पराल  सुकेका घासपातले ब्याड्मा छपो बनाउने  हल्का सिन्चाई गर्नुपर्दछ। अती नै बर्षा हुने स्थानमा परालको छाप्रो बनाएर ब्याड राख्ने  अनुकुल बातावरण भएपछी त्यो छाप्रो हटाउने गर्नुपर्छ।

) समथल नर्सरी ब्याड 
ब्याडको चिसोपना नहराओस भनेर यस्तो खालको ब्याड जाडो  सुख्खा याममा तयार गरिन्छ। माथि नै उल्लेखित ब्याडको नापमान यसमा पनि लागु हुन्छ जसमा दुई ब्याड बिचको दुरी  ३०-५० सेमी हुनुपर्छ।

) बेमौसमिक तरकारीको नर्सरी ब्याड
केही बिशेष सम्रचना निर्माण गरेर उच्च तथा कम दुवै तापक्रममा बिरुवा तयार गर्न सकिन्छ। जब खुल्ला खेतमा ब्याड राख्ने अवस्था हुँदैन तब निम्न बिधी अपनाएर नर्सरी राखिन्छ। 

) लगातार भारी बर्षा भएको बेला 
यो अवस्थामा बिरुवाहरु  गुमोज, शिसा, छाया तथा अन्य साना सम्रचनामा जस्तै माटोको भाडा, पोलिथिनको झोला आदीमा माटो, बालुवा  कम्पोस्टको प्रयोग गरी  उमार्ने गर्नुपर्छ।

) कम  उच्च तापक्रमका बेला 
को अवस्थामा, कृतिम तापक्रम मिलाउन सक्ने सम्रचना बनाउनु पर्दछ जसमा शिश घर वा गुमोज घर बनाउनु पर्छ। यसो गर्नाले बिउ  बिरुवाको सफलताकासाथ छिटो बाली लिन सकिने अवस्था सिर्जना हुन्छ।  

बिउको छराई:
हरेक किसानले बुझ्नु पर्ने कुरा के हो भने स्वस्थ बिउको मात्र प्रयोगले पनि उत्पादन बढाउन सकिन्छ। यदी बिउ बिजनमै खराबी रहेछ भने यहाँहरुले गरेको सबै मिहेनेत खेर जान सक्छ। हजुरहरुको जोताई, सिन्चाई, मलखाद आदीको के काम यदी छरेको बिउ नै उम्रिएन भने। त्यसकारणले राम्रो उत्पादन हासिल गर्ने हो भने किमार्थ बिउमा सम्झौता गर्नु हुँदैन। राम्ररी बिउ उम्रियोस भन्ने हो भने बिउलाई ढुसिनासकसङ्ग उपचार गर्नुपर्दछ  पानीमा बिउलाई १२ घण्टासम्म भिजाउनको लागि छोड्नु पर्दछ। बिउ रोप्नु अगाडि भिजेको बिउलाई छायामा सुकाउनु पर्दछ। खासगरी बिउ दुई प्रकारले रोप्न सकिन्छ। ति तरिका हुन:-

) हातले छर्ने 
बिउलाई नर्सरी ब्याडमा हातले छरेर त्यसमाथीबाट बुरुलो माटो  हल्का कम्पोस्ट मलले पुर्नु पर्दछ। यो बिधिले राखिने बिउको मुख्य समस्या भनेकै बिउ एकैनासले नउम्रनु हो। किसानहरुले बढी यो बिधी अपनाएपनी कतै बाक्लो  कतै पातलो गरी बिउ उम्रने हुनाले यसलाई खासै राम्रो मानिदैन। 

) लाईनमा लगाउने 
नर्सरी ब्याडमा बिउ लागाउने यो तरिका एकदमै उत्कृष्ट हो। यस बिधिमा बिउलाई  सेमी लाईनदेखी लाईनको दुरी बनाउदै ०।५- सेमी को गहिराईमा समानान्तर हुने गरी बिउ रोपिन्छ। रोपेपछी बिउलाई हलुका माटो  मलले पुर्ने  तत्काल हलुका सिन्चाई गर्नुपर्दछ। 
यस बिधीका मुख्य फाईदाहरु:
-हरेक बिरुवा स्वस्थ, समान  दरा हुन्छ्न।
-हातले छर्ने भन्दा यस बिधीमा कम बिउले पुग्दछ। 
-हरेक बिरुवाले समान मल  ठाउँ पाउदछन। 
-झारपातको गोडमेल यसमा सहज हुने गर्दछ।
-यदी बिरुवामा रोग  किराको प्रकोप बढी भएमा सजिलै नियन्त्रण गर्न सकिन्छ।   

No comments:

Post a Comment

नवलपरासी (ब.सु.प) मा कृषि गणनाका लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई तालिम दिन सुरु

  नवलपरासीमा सातौ राष्ट्रिय कृषि गणना २०७८ का लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई तालिम दिन सुरु गरिएको छ। परासी क्याम्पसमा २०७८ / १२ / २५...