नवलपरासीमा
सातौ राष्ट्रिय कृषि गणना २०७८ का लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई तालिम
दिन सुरु गरिएको छ। परासी क्याम्पसमा २०७८/१२/२५ देखी तालिम सुरु भएको जिल्ला कृषि गणना अधिकृत
जितेन्द्र रजकले जानकारी दिनुभयो। कार्यालयको स्थापना गरेर तयारी तिब्र पारेको
कार्यलयले गणकका लागि ८ र सुपरिवेक्षकका लागि ९ दिनसम्म तालिम दिनेछ।
तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी श्रीमान श्रवण कुमार पोखरेल ज्युले महत्वपूर्ण भूमिका निर्वाह गर्न छनौट हुनुभएको भन्दै गणक र सुपरिवेक्षकलाई राम्रोसङ्ग तालिममा सकृय सहभागी हुन र फिल्डबाट सही तथ्याङ्क आउने गरी काम गर्न आग्रह गर्नुभयो।
![]() |
| तस्बिर: उद्घाटन सत्रको कार्यकम |
बिस
२०१८ सालदेखी हरेक १०/१० बर्षमा कृषि गणना गरिदै आएको छ। संघियता पछीको पहिलो गणना
अहिले हुँदैछ। कृषि गणनाको सार, कृषि योजनाको पुर्वाधार भन्ने मुल नारा सहित
संघियता पछीको पहिलो कृषि गणना गर्न गणक तथा सुपरिवेक्षक बैशाख ६ गतेदेखी जेष्ठ १९
गतेसम्म फिल्डमा खट्नेछन।
केन्द्रिय
तथ्याङ्क बिभागले वैज्ञानिक बिधिबाट छनौट गरे अनुसार यस जिल्लामा १५४ वटा गणना
क्षेत्र कायम गरिएको छ। एउटा गणकले कम्तिमा ३ र बढीमा ४ वटा गणना क्षेत्र
हेर्नुपर्दछ भने एक जना सुपरिवेक्षकले ४ जना गणकको कार्यलाई सुपरिवेक्षण
गर्नुपर्नेछ।
फिल्डमा जाने गणकले राष्ट्रिय कृषि गणना २०७८ अन्तर्गत लगत १, लगत २ र सुपरिवेक्षकले लगत ३ गरी तीन प्रकारका प्रस्नावली भर्नुपर्नेछ। लगत १ मा गणकहरुले तोकिएको गणना क्षेत्रका सबै घरपरिवारको सुचिकरण गर्नेछन र सुचिकरण पस्चात नमुना छनौट बिधिबाट एउटा गणना क्षेत्रका औसत २० देखी ३० जना कृषक परिवारहरुको मात्रै बिस्त्रित बिवरण लगत २ मा रहेको मुख्य प्रश्नावलीमा भरिनेछ र लगत ३ मा सामुदायिक प्रस्नावली भर्नुपर्ने जिल्ला कृषि गणना अधिकृत जितेन्द्र रजकले बताउनुभयो।
![]() |
| तस्बिर: तालिमको अवधिमा कक्षामा |






No comments:
Post a Comment