![]() |
| परिक्षाको दिन लिईएको सामुहिक तस्विर |
मिति २०७६ बैशाख ०१ गतेदेखी सुरु भएको
६५ दिने बेमौसमी तरकारी उत्पादक तालिमको यही मिति २०७६ असाढ ०८ गतेका दिन परिक्षार्थीको परिक्षा लिएर तालिम समापन भएको छ। उक्त तालिम धादिङ पोलिटेक्निक
इन्स्टिच्युट र थाक्रे गाउपालिकाको संयुक्त आयोजनामा सन्चालन गरिएको थियो जसमा
थाक्रे गाउपालिकाका ९ र १० नम्बर वडाका २० जना कृषक सम्मिलित थिए। तालिम पण्डित पौवामा अवस्थित ज्योति मा.बि को हलमा
चलाईएको थियो। तालिम अवधिभर म राजेन्द्र पन्त र अशोक पन्तले प्रशिक्षकको भूमिका निर्वाह गरेका
थियौ। सो ६५ दिने तालिममा कृषकहरुलाई बिभिन्न नयाँ एवम आधुनिक तवरले बेमौसमी
तरकारी खेती गर्ने तरिका सिकाईएको थियो। प्लास्टिक घर बनाउने, नर्सरी
ब्याड राख्दा गुमोज कसरी बनाउने, प्लास्टिक घरमा थोपा सिन्चाईको
ब्यवस्था कसरी गर्ने, रोग-किराको ब्यवस्थापन घरेलु तथा जैविक बिधिबाट कसरी गर्ने, घरेलु
बिसादीको तयारी कसरी गर्ने र प्रयोग बिधी कस्तो हुने, छापोको महत्व,
उत्पादनोपरान्त
हुने क्षती र त्यसको न्युनिकरण कसरी गर्ने र भण्डार गर्दा ख्याल पुर्याउने कुराहरु
आदी शिर्षकबारे बिस्त्रित रुपमा प्रयोगात्मक अभ्यासद्वारा तालिम
प्रदान गरिएको थियो। उक्त तालिमभर कृषकहरुको उत्साहजनक सहभागीता रहेको थियो जसले मलाई अझै यसप्रती दत्तचित्त भएर लाग्न उत्प्रेरित
गरिरह्यो।
तालिममा बेला-बेलामा हुने अनुगमनले पनि
सहभागीलाई उक्त तालिमप्रती हौसाएको थियो। वार्ड नम्बर ९ का वडाध्यक्ष दिलबहादुर
भुजेल र १० का वडाध्यक्ष गोकुल लामिछाने ज्यु हरुले यस कार्यक्रमलाई अभिभावकत्वको
ठुलो गुण बोकाउनु भएको छ। सहभागीलाई राष्ट्रिय शिप परिक्षण बोर्डले लिने परिक्षा
दिन सजिलो होस भनेर हप्ता हप्तामा आन्तरिक परिक्षा पनि लिईन्थ्यो जसले उनिहरुलाई
पढ्ने बानी र लेख्ने बानीको बिकास गराएको प्रस्टै हुन्थ्यो।
![]() |
| रोमप्रसाद पौडेल अङ्कलले तयार पार्नु भएको भेन्टिलेसनयुक्त प्लास्टिक घरको नमुना |
मैले पहिले अरु ठाउमा दिएका तालिममा
समुहमा काम गर्न कृषकहरुले अफ्ठ्यारो मानेको महसुस गर्दथे तर यो तालिममा मेरो
अनुभवले नयाँ आयाम पाए जस्तो लाग्यो किनकी यहाँका कृषकलाई सधैं समुहमा एकजुट भएर
काम गरेको देख्दथे। कृषकहरुले देखाएको कार्यक्रमप्रतीको लगावले मलाई थप उर्जा
प्रदान गरिरह्यो। उपस्थित मध्य धेरै क्रिसकहरुले पहिले देखिनै ब्यावसायिक कृषि
अङ्गाल्दै आएको पाइयो। काउली बन्दाको बेर्ना जमाउदै गर्नु भएकी सबिता दिदी,
भेडे
खुर्सानीको बिरुवा सार्दै गर्नु भएकी अनुपमा दिदी, गोलभेडा खेती
गर्नुहुने रोमप्रसाद अङलको घरसम्म म पुगेको थिए।
सुरुमा नयाँ ठाउँ कस्तो होला भन्ने
लागि रहेको थियो तर त्यहा मलाई मिलेको आतिथ्यताले सो बातावरणबाट धेरैबेर मलाई अलग
राखेन र छिट्टै घुलमेल बनाईहाल्यो। मलाई सबैभन्दा मन परेको कुरा भनेको नै यहाँको वातावरण हो। दुई महिनाको समय यस ठाउँमा मैले ब्यतित
गरिरहदा मैले केही कुरा सिक्ने र सिकाउने अवसर पाए। त्यस ठाउँमा रहेका घरधुरीसङ्ग
राम्रै सम्बन्ध स्थापना गर्न सकेको थिए। रहन्-सहन, संक्रिती,
चालचलन
आदिमा उहाहरुले मेरो संलग्नता खोज्नुहुन्थ्यो। धेरै राम्रा र केही नराम्रा कुराको
अनुभव गर्ने मौका जुर्यो। छिट्टै समय
सकिएको भान भएको थियो जुन कुरा सहभागी कृषकहरुले पनि सुनाउनु हुन्थ्यो।
बिगत दुई महिनाभन्दा बढी समयबाट सिक्दै
आएको शिपको मुल्याङ्कन गर्नको लागि काठमाण्डौबाट शालिकराम अधिकारी सर, बिपिन
अर्याल सर, धादिङबाट आङ दावा शेर्पा सर र प्रशिक्षकको रुपमा म आँफै उपस्थित थिए। परिक्षार्थीलाई
दुई समुहमा बिभाजन गरी परिक्षा सन्चालन भएको थियो जसमा प्रयोगात्मक र मौखिक
प्रश्नहरु सोधिएको थियो। सुरुमा प्रयोगात्मक परिक्षा लिदा मौसमले साथ नदिए पनि पछी
पछी मौसम खुल्दै गएको थियो जसले केही सहजता प्रदान गरेको महसुस हुन्थ्यो। कार्यक्रम सफल बनाउन प्रकाश सर, सरोज सर लगायत अन्य उक्त कार्यक्रममा
अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैको हात रहेको थियो।
दिनहु जसो चिया पसलमा भेट हुने साथी
भाई, अङ्कल र दिदिहरुले एकप्रकारले मलाई घरको न्यास्रो लाग्न
दिनुभएको थिएन।
म सम्झिन चाहन्छु त्यहाका फुयाल डा. अङ्कल, सिकल दाई, शितल
दाई, रमेश डङ्गोल सर,
पुरुसोत्तम
अङ्कल, अर्जुन सर, अनिल प्यासी सर, राजन
दाई, अन्य ति हसिला
मुहार जो बिहानै चिया पसलमा भेटिनु हुन्थ्यो। साझपख अर्जुन सर,अनिल
सरहरुसङ्ग बिचरण गर्न निस्किदा हुने गफहरु सार्गभिक लाग्दथे।
प्रयास, सविन र बिराज साथी जस्तै भएका थिए। प्राय: सविन मसङ्गै हुन्थ्यो र उ
नै नयाँ ठाउँमा मलाई घुमफिर गर्न लैजाने साथी या भनौ जिग्री जस्तै भएको थियो। (उ
सङ्ग घुमफिर गर्न गएका ठाउँको बारेमा अर्को ब्लगमा लेख्नेछु)।
बिभिन्न प्रयोगात्मक अभ्यासका क्रममा फरक-फरक समयमा लिईएका केही तस्बिरहरु:







































































