१) धेरै
बर्षसम्म एकै स्थानमा मुला
खेती गरिएको माटोमा बोरोनको अभाव भएर भित्री
भाग खोक्रो हुने, माथिल्लो भाग फुट्ने, मुला
रबर जस्तो भएर तन्किने र
अन्तमा कालो भएर कुहिने
गर्छ्। ५००-७०० ग्राम
बोरेक्स प्रती रोपनिका दरले जग्गा तयार
गर्दा एकनासले छर्नाले यस्तो बिकृति देखा
नपर्ने धेरै अनुसन्धानकर्ताहरुको प्रतिबेदनमा उल्लेख
भएको छ।
२ २) १० किलोग्राम केराउको
बिउमा १ किलोग्राम सुख्खा
बुर्बुराउदो बालुवा मिसाई भण्डार गर्दा घुन, पुतली कम
लाग्ने गरेको पाईएको छ्। खरानी तथा
चुन पनि ३०० ग्राम
प्रती किलोग्राम बिउमा राख्दा घुन, पुतली कम
लागेको पाईएको छ।
३ ३) बोर्डेक्स मिक्सचर कसरी बनाउने?
चुन
र निलोतुथो पानिमा घोली बनाईएको घोललाई
बोर्डेक्स मिक्सचर भनिन्छ। यो बिसादी फलफुलको
बिरुवामा छर्नाले धेरै किसिमका जीवाणु
र ढुसीद्वारा हुने रोगहरुलाई रोकथाम
गर्न सहयोग गर्दछ।
# १००
ग्राम चुन र १००
ग्राम निलोतुथो भिन्न भिन्नै जोख्ने र मसिनो हुने
गरी पिसी भिन्दा भिन्दै
स सानो प्लास्टिकको भाडोमा
राख्ने।
# १०
लिटर पानी पनि भिन्नै
भाडोमा नापेर राख्ने।
# चुन
र निलोतुथोको घोललाई भिन्दा भिन्दै प्लास्टिकको भाडोमा अलिकता पानीमा मुछी राम्ररी घोल्ने।
# यसरी
राम्ररी घोली सकेपछी चुन
र निलोतुथोको तरल पदार्थलाई १०
लिटर पानीमा मिसाई सानो छेस्को वा
लठ्ठिले घोल्ने। यो बोटको अनुसार
१-१५ बोटलाई छर्न
पुग्छ।
# त्यसपछी
मसिनो कपडा वा जालिद्वारा
छानी स्प्रे ट्यान्कीमा भर्ने र फलफुलको बोटमा
छर्ने।
# यो
बिसादी बासी छर्नु हुँदैन।
ताजै प्रयोग गर्नु पर्दछ अनी घोल बनाउने
बाल्टिन प्लास्टिकको हुनु जरुरी छ।
४) सिफारिस
शक्तिको किटनाशक बिसादिको पानीको घोल तयार गर्ने
कसरी?
१) किटनाशक बिसादिको
झोलरुप
१
लिटर पानीमा मालाथियन ५० ईसी को
०।०५ प्रतिशत झोल बनाउन:
सुत्र:
बिसादिको
मात्रा (मिली लिटरमा ) = किटनाशक
बिसादिको सिफारिस सक्ती पानीको
मात्रा
बिसादिको खास
बिसको मात्रा
= ०.०५
* १ लिटर
५०
= ०.०५
* १ * १०००
५०
= १
मिली लिटर
अत:
१ लिटर पानीमा मालाथियन
५० ईसिको १ मिली मात्रा
मिसाउदा ०.०५ प्रतिशतको बिसादी
झोल
तयार
हुन्छ।
२) पानीमा घुल्ने
धुलो
किटनाशक
बिसादी
१
लिटर पानीमा सेभिन ५० डब्लु.पि को ०.१
प्रतिशत झोल बनाउन:
सुत्र:
बिसादिको
मात्रा (ग्राम) = किटनाशक बिसादिको सिफारिस सक्ती * पानीको मात्रा बिसादिको
खास बिसको मात्रा
= ०.१
* १ लिटर
५०
= ०.१ * १ * १०००
५०
= २
ग्राम
अत:
१ लिटर पानीमा सेभिन
५० डब्लु.पि.को २ ग्राम मात्रा
मिसाउदा ०.१ प्रतिशतको बिसादी
झोल तयार हुन्छ।