Thursday, 20 September 2018

के तपाईंलाई थाहा छ्?




            १)     धेरै बर्षसम्म एकै स्थानमा मुला खेती गरिएको माटोमा बोरोनको अभाव भएर भित्री भाग खोक्रो हुने, माथिल्लो भाग फुट्ने, मुला रबर जस्तो भएर तन्किने अन्तमा कालो भएर कुहिने गर्छ्। ५००-७०० ग्राम बोरेक्स प्रती रोपनिका दरले जग्गा तयार गर्दा एकनासले छर्नाले यस्तो बिकृति देखा नपर्ने धेरै अनुसन्धानकर्ताहरुको प्रतिबेदनमा उल्लेख भएको छ।

२     २)  १० किलोग्राम केराउको बिउमा किलोग्राम सुख्खा बुर्बुराउदो बालुवा मिसाई भण्डार गर्दा घुन, पुतली कम लाग्ने गरेको पाईएको छ्। खरानी तथा चुन पनि ३०० ग्राम प्रती किलोग्राम बिउमा राख्दा घुन, पुतली कम लागेको पाईएको छ।

३    ३)    बोर्डेक्स मिक्सचर कसरी बनाउने?

चुन निलोतुथो पानिमा घोली बनाईएको घोललाई बोर्डेक्स मिक्सचर भनिन्छ। यो बिसादी फलफुलको बिरुवामा छर्नाले धेरै किसिमका जीवाणु ढुसीद्वारा हुने रोगहरुलाई रोकथाम गर्न सहयोग गर्दछ।
# १०० ग्राम चुन १०० ग्राम निलोतुथो भिन्न भिन्नै जोख्ने मसिनो हुने गरी पिसी भिन्दा भिन्दै सानो प्लास्टिकको भाडोमा राख्ने।
# १० लिटर पानी पनि भिन्नै भाडोमा नापेर राख्ने।
# चुन निलोतुथोको घोललाई भिन्दा भिन्दै प्लास्टिकको भाडोमा अलिकता पानीमा मुछी राम्ररी घोल्ने।
# यसरी राम्ररी घोली सकेपछी चुन निलोतुथोको तरल पदार्थलाई १० लिटर पानीमा मिसाई सानो छेस्को वा लठ्ठिले घोल्ने। यो बोटको अनुसार -१५ बोटलाई छर्न पुग्छ।
# त्यसपछी मसिनो कपडा वा जालिद्वारा छानी स्प्रे ट्यान्कीमा भर्ने फलफुलको बोटमा छर्ने।
# यो बिसादी बासी छर्नु हुँदैन। ताजै प्रयोग गर्नु पर्दछ अनी घोल बनाउने बाल्टिन प्लास्टिकको हुनु जरुरी  छ।

     ) सिफारिस शक्तिको किटनाशक बिसादिको पानीको घोल तयार गर्ने कसरी?

) किटनाशक बिसादिको झोलरुप
लिटर पानीमा मालाथियन ५० ईसी को ०।०५ प्रतिशत झोल बनाउन:
सुत्र:
बिसादिको मात्रा (मिली लिटरमा ) = किटनाशक बिसादिको सिफारिस सक्ती  पानीको मात्रा
                                                           बिसादिको खास बिसको मात्रा
= ०.०५ * लिटर
           ५०
= ०.०५ * * १०००
              ५०
= मिली लिटर
अत: लिटर पानीमा मालाथियन ५० ईसिको मिली मात्रा मिसाउदा ०.०५ प्रतिशतको बिसादी झोल
तयार हुन्छ। 

) पानीमा घुल्ने धुलो किटनाशक बिसादी
लिटर पानीमा सेभिन ५० डब्लु.पि को ०.१ प्रतिशत झोल बनाउन:
सुत्र:
बिसादिको मात्रा (ग्राम) = किटनाशक बिसादिको सिफारिस सक्ती * पानीको मात्रा                                                                                                 बिसादिको खास बिसको मात्रा
= ०.१ * लिटर
        ५०
 = ०.१ * * १०००
           ५०
= ग्राम
अत: लिटर पानीमा सेभिन ५० डब्लु.पि.को ग्राम मात्रा मिसाउदा ०.१ प्रतिशतको बिसादी झोल तयार हुन्छ।  

नवलपरासी (ब.सु.प) मा कृषि गणनाका लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई तालिम दिन सुरु

  नवलपरासीमा सातौ राष्ट्रिय कृषि गणना २०७८ का लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई तालिम दिन सुरु गरिएको छ। परासी क्याम्पसमा २०७८ / १२ / २५...