Sunday, 10 April 2022

नवलपरासी (ब.सु.प) मा कृषि गणनाका लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई तालिम दिन सुरु

 

नवलपरासीमा सातौ राष्ट्रिय कृषि गणना २०७८ का लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई तालिम दिन सुरु गरिएको छ। परासी क्याम्पसमा २०७८/१२/२५ देखी तालिम सुरु भएको जिल्ला कृषि गणना अधिकृत जितेन्द्र रजकले जानकारी दिनुभयो। कार्यालयको स्थापना गरेर तयारी तिब्र पारेको कार्यलयले गणकका लागि ८ र सुपरिवेक्षकका लागि ९ दिनसम्म तालिम दिनेछ।

तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी श्रीमान श्रवण कुमार पोखरेल ज्युले महत्वपूर्ण भूमिका निर्वाह गर्न छनौट हुनुभएको भन्दै गणक र सुपरिवेक्षकलाई राम्रोसङ्ग तालिममा सकृय सहभागी हुन र फिल्डबाट सही तथ्याङ्क आउने गरी काम गर्न आग्रह गर्नुभयो।


तस्बिर: उद्घाटन सत्रको कार्यकम


बिस २०१८ सालदेखी हरेक १०/१० बर्षमा कृषि गणना गरिदै आएको छ। संघियता पछीको पहिलो गणना अहिले हुँदैछ। कृषि गणनाको सार, कृषि योजनाको पुर्वाधार भन्ने मुल नारा सहित संघियता पछीको पहिलो कृषि गणना गर्न गणक तथा सुपरिवेक्षक बैशाख ६ गतेदेखी जेष्ठ १९ गतेसम्म फिल्डमा खट्नेछन।  

केन्द्रिय तथ्याङ्क बिभागले वैज्ञानिक बिधिबाट छनौट गरे अनुसार यस जिल्लामा १५४ वटा गणना क्षेत्र कायम गरिएको छ। एउटा गणकले कम्तिमा ३ र बढीमा ४ वटा गणना क्षेत्र हेर्नुपर्दछ भने एक जना सुपरिवेक्षकले ४ जना गणकको कार्यलाई सुपरिवेक्षण गर्नुपर्नेछ।

फिल्डमा जाने गणकले राष्ट्रिय कृषि गणना २०७८ अन्तर्गत लगत १, लगत २ र सुपरिवेक्षकले लगत ३ गरी तीन प्रकारका प्रस्नावली भर्नुपर्नेछ। लगत १ मा गणकहरुले तोकिएको गणना क्षेत्रका सबै घरपरिवारको सुचिकरण गर्नेछन र सुचिकरण पस्चात नमुना छनौट बिधिबाट एउटा गणना क्षेत्रका औसत २० देखी ३० जना कृषक परिवारहरुको मात्रै बिस्त्रित बिवरण लगत २ मा रहेको मुख्य प्रश्नावलीमा भरिनेछ र लगत ३ मा सामुदायिक प्रस्नावली भर्नुपर्ने जिल्ला कृषि गणना अधिकृत जितेन्द्र रजकले बताउनुभयो।


तस्बिर: तालिमको अवधिमा कक्षामा 









Friday, 8 April 2022

नवलपरासी सुस्ता पश्चिमको गणक तथा सुपरिवेक्षक तालिम उद्घाटन

 

कृषि गणनाको सार, कृषि योजनाको पुर्वाधार नारा राखी केन्द्रिय तथ्याङ्क बिभागले बैशाख ६ गतेबाट सुरु गर्न लागेको राष्ट्रिय कृषि गणना २०७८ को गणक र सुपरिवेक्षक तालिम (नवलपरासी सुस्ता पश्चिम) को उद्घाटन आज मिति २०७८/१२/२५ गतेका दिन परासी क्याम्पसको सभाहलमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल ज्युले ब्यानर पढेर गर्नुभयो। उक्त कार्यक्रममा बोल्दै उहाले यो हाम्रो नेपाल सरकारको कार्यक्रम भएको र यसलाई सबैले आ-आफ्नो ठाउँबाट कुशल ढ्ङले सफल पार्नुपर्ने कुरामा जोड दिनुभयो। साथसाथै कृषकहरुले पनि सो कार्यक्रममा खटेर आउने गणक तथा सुपरिवेक्षकलाई साचो तथ्याङ्क उपल्ब्ध गराई १० बर्षको लागि नेपालको कृषि पुर्वाधार तयार गर्न सक्दो सहयोग र सबै वडाका प्रतिनिधिलाई समेत समन्वयनकारी भूमिका खेल्न अपिल गर्नुभयो। नवलपरासी सुस्ता पश्चिमको कृषि गणना अधिकृतको पदमा  जितेन्द्र रजक ज्युले आथित्यता ग्रहण गर्नुभएको थियो भने सहायक कृषि गणना अधिकृतको पदमा केशबराज पौडेल ज्यु रहनुभएको थियो। कृषि गणनाको लागि आजैबाट प्रशिक्षण पनि सुरु भएको थियो। गणक र सुपरिवेक्षक गरी लगभग ६० जनाको उपस्थिती रहेको थियो। प्रशिक्षकको रुपमा जितेन्द्र रजक, केशबराज पौडेल, नागेन्द्र मौर्य आदी सरहरु रहनुभेको थियो।   








Saturday, 8 February 2020

पातलेबन भाईनयार्ड वाइनरी


उमेरले ४६ बर्ष पुग्नुभएका कुमार कार्की अङ्गुर खेतिमा एक पर्यायवाची नाम हुँदै गैरहेको छ। स्थानिय रुपमा थानकोटमा घर भएपनी उहाँ बिरलै घरमा भेटिनुहुन्छ। वाइनको लागि गरिएको अङ्गुर खेती मध्य सबैभन्दा बढी क्षेत्रफलमा फैलिएको सफल मानिएको उहाँले नै गरेको अङ्गुर फार्म हो जसले उहाँलाई नेपालकै एक सफल ब्यावसायिक अङ्गुर कृषकका रुपमा स्थापित गरेको छ।
कुमार कार्की सङ्ग 
उहाँको सफलता पछाडिको रहस्यका बारेमा मैले यात्राको क्रममा उहाँको फार्ममा पुगेर उहाँसङ्ग छलफल गरी  तयार पारेको यो सानो लेख।
अङ्गुर फार्मको सुरुवात कसरी गर्न पुग्नुभयो?
बिदेशमा काम गर्दा त्यती सन्तुस्टी नपाएको आफ्नै देशमा केही गरौ भन्ने हुटहुटीले सताइरहन्थ्यो। जापानमा रहदा पर्यटन क्षेत्रमा काम गरेको अनुभव थियो। नेपालमा नै केही नौलो काम गर्ने इच्छा भएकाले त्यस्तो काम गर्न चाहन्थे जसले कृषि पर्यटन जोड्ने पुलको काम गर्न सकोस भनेर यस अङ्गुर खेतिको सुरुवात गर्न पुगेको हुँ।

सुरुवाती बर्ष कस्तो रह्यो?
सुरुमा हामीले चिसापानी धादिङबाट यस खेतिको सुरुवात गर्यौ। नेपालमा नै यो नौलो खेती भएकाले यसमा पोख्त प्राबिधिक पाउनु अती गार्हो थियो त्यसैले सुरुसुरुमा जापानबाटै प्राबिधिक झिकाएर काम गरिएको थियो। त्यसपछी आफुले पनि सिकियो सजिलो हुँदै गयो। अहिले अङ्गुरको बारेमा धेरै कुरा बुझिएको यहाँ आउने पर्यटकलाई बुझाउने प्रयास गरिदै छ। सुरुको दुई बर्ष बिरुवा हुर्कनै समय लाग्यो। तेस्रो बर्षदेखी भने फल हाल्न सुरु गर्‍यो। यो बर्षको टिपाई हाम्रो दोस्रो टिपाई हो।

फार्मको सन्चालन कसरी हुने गरेको ?
यस फार्मलाई पार्ट्नरशिपमा सन्चालन गर्दै आईरहिएको छ। दैनिक रुपमा ३५ भन्दा बढीले यहाँ रोजगारी गर्दछन जस अन्तर्गत केही दक्ष कामदार पनि छन। त्यसबाहेक बेला बेलामा अरु प्राबिधिकहरुलाई पनि बोलाउने गरिएको छ।

फार्मबारे बताउनुहोस्?
अहिले हामीले वटा फार्ममा अङ्गुर खेती गर्दै आएका छौ। धादिङ स्थित खानी खोला,नौमुरे,थाक्रे आदी ठाउमा सो फार्महरु अवस्थित छन। करिब १५० रोपनी क्षेत्रफलमा हाम्रो यो (थाक्रे स्थित) फार्म फैलिएको छ। सबै फार्मको हिसाब गर्दा ५०० रोपनी हुन आउछ। हामीले यहाँ जग्गा किन्दा झाडी भएपनी अहिले भने यसलाई हेर्न लायक पारिदैछ। हामीले लिजमा पनि जग्गा लिएका छौ। फार्ममा आउन जान सजिलो होस् भन्ने अभिप्रायले बाटोघाटो बनाइएको छ। बिस्तारै यसलाई पर्यटकको गन्तब्य स्थल बनाउदै लैजाने  लक्ष्य छ।


सुरुमा अङ्गुरको बिरुवाको जोहो कसरी गर्नुभयो?
यूरोप जापानबाट अङ्गुरको बोट ल्याइ खेती सुरु गरिएको हो। फार्ममा आँफै रुटस्टक ग्राफटिङ गर्दा समय बढी लाग्ने (करिब बर्ष) गरेकाले अहिले आयात गर्नुको बिकल्प छैन। भविस्यमा भने फार्ममै रुटस्टक उत्पादन गर्ने लागत मुल्य घटाऊने सोच रहेको छ। आयातित ग्राफटेड भाईनमा ९५% पालुवा आउने गरेको बताउदै कार्किले थप्नुभयो हामीले आँफै गरेकोमा यो प्रतिशत अती न्युन रहेकाले यसो गर्नुपरेको हो। अहिले जर्मनी स्विजरल्याण्डबाट बिरुवा आयात हुने गरेको छ। दुई पटक आँफै बिरुवा लिन पुगेको थिए। अहिले भने संपर्ककै आधारमा आयात हुने गरेको छ।

सरकारले केही सहयोग गरेको छैन?
सरकार सामुन्ने पुग्नै नसकिने, पुग्नकै लागि मान्छे खोज्नुपर्ने आफु फार्ममा नै रहेर काम गर्नुपर्ने भएकाले कही कतै निस्कनै मिल्दैन। सरकारसङ्ग पुग्ने भनेको पहुचवाला मात्र हुन हामीलाई सरकारले चिन्छ हामी गुहार माग्न पुगेका छौ। फार्मले अङ्गुरको बिरुवा आयात गर्दा भने सरकारले बर्षको लागि भन्सार छुट गरिदिएको थियो।
 
अङ्गुर खेतिमा प्राकृतिक प्रकोप मध्य सबैभन्दा बढी के को खतरा हुने रहेछ?
फललाई असिनाले धेरै सताउने असिनाले गर्दा धेरै नोक्सान हुने गर्दछ। त्यसैले यस बर्ष असिनाको प्रकोपबाट अङ्गुर जोगाउन जालिको प्रयोग गरिएको छ। भारतबाट नेट ल्याउदा ४०% भन्दा बढी कर तिर्न परेकोले हामीलाई निरुत्त्साहित बनाएको थियो तर यो कार्यमा पछाडि नफर्कने गरी   पाइलो अगाडि बढाएपछी त्यसतर्फ हामीले त्यती वास्ता गरेनौ किनकी हाम्रो लक्ष्य ठुलो छ।

अङ्गुर बालिको काटछाट कसरी गर्नुहुन्छ? 
अङ्गुर काटछाटको लागि स्पुर बिधी अपनाईएको जसको लागि डिसेम्बर-जनवरी महिना उत्तम मानिन्छ। गर्मी याम सुरु भएपछी निरन्तर बढी रहने हागाहरु काटिरहनु पर्दछ। युरोपियन बिधिबाट खेती गरिएकाले यसमा बर्षमा एक पटक पूर्ण रुपमा काटछाट गरिन्छ तर भारतमा भने बर्षको दुई पटक काटछाट गर्ने गरिएको छ। बागबानी बाली अन्तर्गत पर्ने यस बालीलाई सबैभन्दा बढी चाहिन्छ। यसो गर्न नसकिएमा उत्पादन क्रमिक रुपले घट्दै जाने  गरेको छ।  

अङ्गुर खेतिको बिशेष रोग केके रहेछन?
फल टिपेपछी असाढ श्रावणतिर यसमा पाउडेरी डाउनी मिल्डिउ रोग देखिने गरेको छ। अरुबेला भने खासै ठुलो रोगको खतरा आएको छैन। म्याग्नेसियम खनिज पदार्थ बढी चाहिने खालको रुटस्टक परेकाले त्यसमा ख्याल पुर्याइएको छ। अन्य खनिज पदार्थ मलको अभावमा भने रोगहरु लाग्न सक्ने भएकाले त्यसतर्फ ध्यान दिदै छौ। फार्म ठुलो रहेको काटछाट गर्नुपर्ने भाग नफालिदा सबै मल त्यसको बृदि बिकासमा लाग्ने हुँदा खाद्यतत्वले लागत बढाई रहेको अवस्था छ।   

बिशेषत: वाइनको लागि खेती गरिने बताउनुभयो। यसको प्रशोधन कहाँ गर्नुहुन्छ बजार ब्यवस्थापन कसरी हुने गरेको ? 
फार्ममा उत्पादित अङ्गुरलाई फार्ममै अवस्थित प्रशोधन केन्द्रमा प्रशोधन गरिदै आईएको छ। अहिले त्यती धेरै मात्रामा उत्पादन नरहेको पछी धेरै उत्पादन हुन लागेपछी हामीले बजारीकरण पनि उचित रुपमा गर्नेछौ।पातलेबन भाईनयार्ड वाईनेरीनामक उत्पादन दर्ता गरेका छौ पछी यही नाममा बजारमा जानेछ। अहिले भैंरहेको उत्पादन हाम्रो आफ्नै रिसोर्ट पातलेबन भाईनयार्ड रिसोर्टमा खपत हुने गरेको जुन थानकोटमा अवस्थित छ।


सरकारको लागि केही सल्लाह सुझाब दिन चाहनुहुन्छ? 
निती नियम बनाएर कृषि गर्ने किसानलाई प्राबिधिक सेवा उपलब्ध गराउनुपर्ने टड्कारो आवश्यकता छ। कृषि सामाग्री आयात गर्दा कृषकलाई सहुलियत दिनुपर्ने हो तर पृष्‍ठभुमी फरक कारण अझ बढी भन्सार शुल्क असुलेको पाईएको छ। कुराले बिकासको चुली उक्लिएको वर्तमान सरकारका लागि अवसर प्रयाप्त छन जसको सही उपयोग हुन जरुरी छ। सरकार आसेपासे कार्यकर्ताको मात्र भयो जनताको हुनुपर्‍यो। देशमा नै केही गरी नाम कमाउने अठोट भएका ब्यक्तिको अभिभावक हुनुपर्ने सरकार झन त्यस्ता ब्यक्तिको ढाड सेक्ने गरी कर उठाउन तत्पर छ। देशका धेरै पहाडी भेगमा यस्ता फार्म सन्चालन गर्न सकिन्छ तर पहिले ति भेगको खोजिनिती हुनुपर्‍यो। हावापानी, माटो मौसम सुहाउदो फलफुलको बिस्तार गरी प्रशोधन केन्द्र बनाउने हो भने कृषि पर्यटन मार्फत देशले आर्थिक गति लिन सक्नेछ।    
      
हजुरको भाबी योजना के रहेको ?
बर्सेनी फार्मको आकार बढाई उत्पादन बढाउने लक्ष्य छ। प्रशोधन केन्द्रको क्षमता बिस्तार् गरी गुणस्तरीय उत्पादनमा जोड दिदै जानेछौ। आगामी दिनमा रुट्स्टक आफ्नै फार्ममा नै उत्पादन गर्ने सोच छ। धेरैभन्दा धेरैलाई रोजगारी प्रदान गर्ने लक्ष्य सहित अगाडि बढेका छौ।        


अत: कुनै एक अडिग लक्ष्यका साथ त्यसको प्राप्तिमा निरन्तर लाग्ने हो भने पक्कै पनि लक्ष्य भेटिन्छ। यसको उदाहरणका लागि कार्की जि लाई नै लिन सकिन्छ। आरोह अवरोहका बावजुद डेटर लाग्ने हो भने केही असम्भव नभएको कुरा कार्की स्वयम स्विकार गर्नुहुन्छ र सफलताको मुल मन्त्र पनि यही हो।  







अङ्गुर प्रशोधन सामाग्रीहरु 












नवलपरासी (ब.सु.प) मा कृषि गणनाका लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई तालिम दिन सुरु

  नवलपरासीमा सातौ राष्ट्रिय कृषि गणना २०७८ का लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई तालिम दिन सुरु गरिएको छ। परासी क्याम्पसमा २०७८ / १२ / २५...