कृषि गणनाको सार, कृषि योजनाको पुर्वाधार नारा राखी केन्द्रिय तथ्याङ्क बिभागले बैशाख ६ गतेबाट सुरु गर्न लागेको राष्ट्रिय कृषि गणना २०७८ को गणक र सुपरिवेक्षक तालिम (नवलपरासी सुस्ता पश्चिम) को उद्घाटन आज मिति २०७८/१२/२५ गतेका दिन परासी क्याम्पसको सभाहलमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल ज्युले ब्यानर पढेर गर्नुभयो। उक्त कार्यक्रममा बोल्दै उहाले यो हाम्रो नेपाल सरकारको कार्यक्रम भएको र यसलाई सबैले आ-आफ्नो ठाउँबाट कुशल ढ्ङले सफल पार्नुपर्ने कुरामा जोड दिनुभयो। साथसाथै कृषकहरुले पनि सो कार्यक्रममा खटेर आउने गणक तथा सुपरिवेक्षकलाई साचो तथ्याङ्क उपल्ब्ध गराई १० बर्षको लागि नेपालको कृषि पुर्वाधार तयार गर्न सक्दो सहयोग र सबै वडाका प्रतिनिधिलाई समेत समन्वयनकारी भूमिका खेल्न अपिल गर्नुभयो। नवलपरासी सुस्ता पश्चिमको कृषि गणना अधिकृतको पदमा जितेन्द्र रजक ज्युले आथित्यता ग्रहण गर्नुभएको थियो भने सहायक कृषि गणना अधिकृतको पदमा केशबराज पौडेल ज्यु रहनुभएको थियो। कृषि गणनाको लागि आजैबाट प्रशिक्षण पनि सुरु भएको थियो। गणक र सुपरिवेक्षक गरी लगभग ६० जनाको उपस्थिती रहेको थियो। प्रशिक्षकको रुपमा जितेन्द्र रजक, केशबराज पौडेल, नागेन्द्र मौर्य आदी सरहरु रहनुभेको थियो।






No comments:
Post a Comment