नर्सरीभित्र काममा ब्यस्त पुष्प ब्यवसायी हुमा गुरुङ |
आजकाल
मानिसहरु धेरै बिलासी जीवनयापनमा
अभ्यस्त भएको पाईन्छ। तर
डुम्रे हुँदै बेशिसहर तर्फ लाग्दा जो-कसैले ख्याल गरेको हुनुपर्छ बेशिशहर २ रानिकुवा
भकुण्डे नजिकै एउटा पुष्प बाटिका
अवस्थित छ् र त्यही
बाटिका भित्र हराएको पाउछौ हामी ३७ बर्षीय हुमा
गुरुङलाई। उहाले यस ब्यवसाय अपनाउनुपुर्व
गैर सहकारी संस्थामा लामो समयसम्म सचिवको पदमा कायरत
रहेर धेरैलाई पेशागत तालिम प्रदान गर्नुभयो। त्यस पेशागत तालिमबाट
उहाले धेरैलाई स्वरोजगारको पथमा लम्कन अभिप्रेरित
गर्नुभयो। अरुलाई स्वरोजगार बनाउन सक्ने खुबी आफुमा भएको
तर आफुले कुनै पनि स्वरोजगारी
अभियान अवलम्बन गर्न नसकेकाले आफ्नै
माटोमा सुन फलाउन सकिन्छ
भन्ने
उक्तिलाई चरितार्थ पार्न उहाले आफ्नो ठाउमा नौलो ब्यवसायको रुपमा पुष्प खेतिको सुरुवात गर्नुभयो।
उहाले २०७१
सालमा उक्त ब्यवसायलाई फर्मको रुपमा दर्ता गरी सुरुवाती १० लाख रुपैया लगानी गर्नुभयो।
सुरुगर्दा कसैबाट सहयोग प्राप्त नभएको र साथमा रहेका छिमेकिहरुले हास्ने,फुल खेती पनि
गर्ने रे, पैसा बढी भएको यसलाई, फुल पनि किन्न आउछन र? फुल पनि पैसा हालेर किन्छन र?
भनेर खिल्ली उडाउने गर्दथे।
अहिले उहाले
८ रोपनी जग्गामा बिशेष गरी बहुबर्षिय तथा मौसमी
१०० भन्दा बढी फुलका बिरुवा उत्पादन गर्नुका साथै बिभिन्न प्रकारका उच्चतम मुल्य भएका
बोधिचित्त, पाउलोनिया, कलमी सुन्तला, कागती आदी आफ्नै फर्मबाट बेच्ने गर्नुहुन्छ।पुष्प
ब्यवसाय सँगसङै उहाको समुहले कारणवश अनाथ हुन पुगेका बालबालिकालाई
संयुक्त रुपमा १ रोपनी जती जग्गामा स्थापित भएको बालगृहमा राखी हेरचाह गर्ने कर्तब्य समेत बखुबी निभाएको छ। बालबालिकाको शिक्षाका निम्ती उहाको यो समुहले छात्रब्रितीको समेत ब्यवस्था गरेर समाजमा उल्लेखनिय काम गरेको छ्।
संयुक्त रुपमा १ रोपनी जती जग्गामा स्थापित भएको बालगृहमा राखी हेरचाह गर्ने कर्तब्य समेत बखुबी निभाएको छ। बालबालिकाको शिक्षाका निम्ती उहाको यो समुहले छात्रब्रितीको समेत ब्यवस्था गरेर समाजमा उल्लेखनिय काम गरेको छ्।
पुष्प ब्यवसायबाटै
उहाले सालाखाला मासिक २ लाख बढी आम्दानी गर्ने गरेको हामीलाई बताउनुभयो। स्थायी रुपमा
२ जनालाई रोजगारी दिईराख्नु भएको र आवश्यकता अनुरुप समय समयमा अन्य कामदारलाई पनि काममा
बोलाउने जानकारी दिनुभयो। बजारको लागि खासै चिन्ता गर्नु नपर्ने र आफ्नै फर्ममा आएर
ग्राहकले बिरुवा किन्ने गरेको उहा भन्नुहुन्छ। बिशेष गरी आफ्नो फर्ममा उत्पादित बिरुवा
तनहुँ, मनाङ, गोर्खा र लम्जुङ जिल्लाभित्रै रहेका होटेल, घर, स्मारक आदी सजावटका लागि
खपत हुने गरेको जानकारी पाईयो। उत्पादित बिरुवा गुणस्तरीय हुनुको कारण आफुले सोचे अनुरुपभन्दा
बढी माग आईदिने र आफुले उत्पादन गरेको बिरुवाले बजारको माग धान्न नसकेको उहा बताउनुहुन्छ।
पहिले सुरुवाती
अवस्थामा आफुलाई देखेर हास्ने, खिल्ली उडाउने गरेकालाई जिब्रो टोक्ने र प्रशम्सा
गर्ने बातावरणको सिर्जना ३ बर्षको अन्तरालमा उहाले गराई दिनुभयो। छिमेकीहरु पनि आफुसँग
पुष्प खेती सिक्न बेलाबेलामा आउने गरेको कुरा हाँस्दै हामीसँग खोल्नुहुन्छ।
प्रयाप्त स्याहार
नगर्ने हो भने रोग,किरा आदिले उत्पादन घट्ने कुरा बुझ्नु भएकी उहा बिभिन्न राष्ट्रिय
तथा अन्तरराष्ट्रिय तालिम समेत लिएर त्यसखाले समस्या स्वयम निराकरण गर्न सक्षम हुनुभएको
छ। उहा अहिले पुष्प ब्यवसायी संघको सदस्य पनि हुनुभएको छ।
तिहारको लागि भनी लगाएको ८० दिनमा फुल्नुपर्ने सयपत्री
२० दिन अगावै फुलेर बजारको समस्या देखिएको र यसका पछाडि आफ्नो फर्ममा पनि जलवायु सम्बन्धी
समस्या देखिएको कुरा उहाले उठाउनुभयो।
नबिनतम प्रबिधीका
रुपमा उहाले कोकोपिटका साथै पिट्मस समेत बेर्ना उत्पादनका लागि प्रयोग गरेको हामीले
पायौ।
| पिट्मसमा उमारेको जेरानीयमको बिरुवा देखाउदै हुमा गुरुङ |
भावी लक्ष्यमा
उहाले आफ्नो फर्मलाई पर्यटकिय स्थलका रुपमा परिचित गराउने अभिलाषा राख्दै कफी सप,पुष्प
खेतिको सुचना केन्द्र तथा ग्रिन हाउसको स्थायी सम्रचना बनाउने कार्यमा आफुलाई अग्रसर बनाउनुभएको छ्।आफ्नो ब्यवसायबाट आत्मसन्तुष्ट भ्ई, रोजगारिको लागि बिदेशिन लागेका युवाहरुलाई आफ्नै
गाउँ ठाउँमा पुष्प ब्यवसाय गर्न सल्लाह दिने उहा सबैका निम्ती प्रेरणाकी पात्र बन्नुभएको
छ।
कुनै पनि ब्यवसायमा
सफलता प्राप्तिका निम्ती रहर गरेर मात्र नहुने त्यसका लागि धैर्यता, मिहेनत, लगनशिलता
एवम द्रिढ सङ्कल्प अपरिहार्य रहेको र यिनै कुरालाई आफ्नो सफलताको सुत्र बनाएको उहाले
जानकारी दिनुभयो।
| हुमा गुरुङसँग सफलताको कथा टिपोट गर्दै गर्दा |