Sunday, 10 April 2022

नवलपरासी (ब.सु.प) मा कृषि गणनाका लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई तालिम दिन सुरु

 

नवलपरासीमा सातौ राष्ट्रिय कृषि गणना २०७८ का लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई तालिम दिन सुरु गरिएको छ। परासी क्याम्पसमा २०७८/१२/२५ देखी तालिम सुरु भएको जिल्ला कृषि गणना अधिकृत जितेन्द्र रजकले जानकारी दिनुभयो। कार्यालयको स्थापना गरेर तयारी तिब्र पारेको कार्यलयले गणकका लागि ८ र सुपरिवेक्षकका लागि ९ दिनसम्म तालिम दिनेछ।

तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी श्रीमान श्रवण कुमार पोखरेल ज्युले महत्वपूर्ण भूमिका निर्वाह गर्न छनौट हुनुभएको भन्दै गणक र सुपरिवेक्षकलाई राम्रोसङ्ग तालिममा सकृय सहभागी हुन र फिल्डबाट सही तथ्याङ्क आउने गरी काम गर्न आग्रह गर्नुभयो।


तस्बिर: उद्घाटन सत्रको कार्यकम


बिस २०१८ सालदेखी हरेक १०/१० बर्षमा कृषि गणना गरिदै आएको छ। संघियता पछीको पहिलो गणना अहिले हुँदैछ। कृषि गणनाको सार, कृषि योजनाको पुर्वाधार भन्ने मुल नारा सहित संघियता पछीको पहिलो कृषि गणना गर्न गणक तथा सुपरिवेक्षक बैशाख ६ गतेदेखी जेष्ठ १९ गतेसम्म फिल्डमा खट्नेछन।  

केन्द्रिय तथ्याङ्क बिभागले वैज्ञानिक बिधिबाट छनौट गरे अनुसार यस जिल्लामा १५४ वटा गणना क्षेत्र कायम गरिएको छ। एउटा गणकले कम्तिमा ३ र बढीमा ४ वटा गणना क्षेत्र हेर्नुपर्दछ भने एक जना सुपरिवेक्षकले ४ जना गणकको कार्यलाई सुपरिवेक्षण गर्नुपर्नेछ।

फिल्डमा जाने गणकले राष्ट्रिय कृषि गणना २०७८ अन्तर्गत लगत १, लगत २ र सुपरिवेक्षकले लगत ३ गरी तीन प्रकारका प्रस्नावली भर्नुपर्नेछ। लगत १ मा गणकहरुले तोकिएको गणना क्षेत्रका सबै घरपरिवारको सुचिकरण गर्नेछन र सुचिकरण पस्चात नमुना छनौट बिधिबाट एउटा गणना क्षेत्रका औसत २० देखी ३० जना कृषक परिवारहरुको मात्रै बिस्त्रित बिवरण लगत २ मा रहेको मुख्य प्रश्नावलीमा भरिनेछ र लगत ३ मा सामुदायिक प्रस्नावली भर्नुपर्ने जिल्ला कृषि गणना अधिकृत जितेन्द्र रजकले बताउनुभयो।


तस्बिर: तालिमको अवधिमा कक्षामा 









Friday, 8 April 2022

नवलपरासी सुस्ता पश्चिमको गणक तथा सुपरिवेक्षक तालिम उद्घाटन

 

कृषि गणनाको सार, कृषि योजनाको पुर्वाधार नारा राखी केन्द्रिय तथ्याङ्क बिभागले बैशाख ६ गतेबाट सुरु गर्न लागेको राष्ट्रिय कृषि गणना २०७८ को गणक र सुपरिवेक्षक तालिम (नवलपरासी सुस्ता पश्चिम) को उद्घाटन आज मिति २०७८/१२/२५ गतेका दिन परासी क्याम्पसको सभाहलमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल ज्युले ब्यानर पढेर गर्नुभयो। उक्त कार्यक्रममा बोल्दै उहाले यो हाम्रो नेपाल सरकारको कार्यक्रम भएको र यसलाई सबैले आ-आफ्नो ठाउँबाट कुशल ढ्ङले सफल पार्नुपर्ने कुरामा जोड दिनुभयो। साथसाथै कृषकहरुले पनि सो कार्यक्रममा खटेर आउने गणक तथा सुपरिवेक्षकलाई साचो तथ्याङ्क उपल्ब्ध गराई १० बर्षको लागि नेपालको कृषि पुर्वाधार तयार गर्न सक्दो सहयोग र सबै वडाका प्रतिनिधिलाई समेत समन्वयनकारी भूमिका खेल्न अपिल गर्नुभयो। नवलपरासी सुस्ता पश्चिमको कृषि गणना अधिकृतको पदमा  जितेन्द्र रजक ज्युले आथित्यता ग्रहण गर्नुभएको थियो भने सहायक कृषि गणना अधिकृतको पदमा केशबराज पौडेल ज्यु रहनुभएको थियो। कृषि गणनाको लागि आजैबाट प्रशिक्षण पनि सुरु भएको थियो। गणक र सुपरिवेक्षक गरी लगभग ६० जनाको उपस्थिती रहेको थियो। प्रशिक्षकको रुपमा जितेन्द्र रजक, केशबराज पौडेल, नागेन्द्र मौर्य आदी सरहरु रहनुभेको थियो।   








नवलपरासी (ब.सु.प) मा कृषि गणनाका लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई तालिम दिन सुरु

  नवलपरासीमा सातौ राष्ट्रिय कृषि गणना २०७८ का लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई तालिम दिन सुरु गरिएको छ। परासी क्याम्पसमा २०७८ / १२ / २५...